हजार आँखा छलेर……..

हजार आँखा छलेर म आश लिएर आएँ
उपहार दिऊँ भनेर गुँरास टिपेर ल्याएँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
जंघार सारा तरेर म आश लिएर आएँ
उपहार दिऊँ भनेर गुँरास टिपेर ल्याएँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
हजार आँखा छलेर म आश लिएर आएँ

वर्षौ वर्षौअघिको तिमीलाई पाउने धोको
युगौ युगौदेखिको माया जगाउने धोको
वर्षौ वर्षौअघिको तिमीलाई पाउने धोको
युगौ युगौदेखिको माया जगाउने धोको
इच्छा यो मनको जानी यसलाई सम्हाली राखेँ
इच्छा यो मनको जानी यसलाई सम्हाली राखेँ
हजार आँखा छलेर म आश लिएर आएँ

म त आफैदेखि धेरै टाढा पुगिसकेछु
तिमी मान या नमान तिम्रै म भईसकेछु
म त आफैदेखि धेरै टाढा पुगिसकेछु
तिमी मान या नमान तिम्रै भईसकेछु
छोटो यो जिन्दगानी यसलाई सम्हाली राखेँ
छोटो यो जिन्दगानी यसलाई सम्हाली राखेँ
जंघार सारा तरेर म आश लिएर आएँ
उपहार दिऊ भनेर गुँरास टिपेर ल्याएँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
हजार आँखा छलेर म आश लिएर आएँ

शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!