हिमाललाई साक्षी राखी……………

हिमाललाई साक्षी राखी आऊ मीठो बाचा गरौँ
दुईटा मुटु एउटै पारी सँगै बाँचौँ सँगै मरौँ
हिमाललाई साक्षी राखी आऊ मीठो बाचा गरौँ
दुईटा मुटु एउटै पारी सँगै बाँचौँ सँगै मरौँ
सँगै बाँचौँ सँगै मरौँ

जिन्दगीलाई इण्द्रेणीको सातै रंगमा रंगाऊ हामी
कल्पनाको स्वर्गलाई संसारमै सजाऊ हामी
पिरतीको दुनियाँमा अजम्बरी तारा बनौँ
दुईटा मुटु एउटै पारी सँगै बाँचौँ सँगै मरौँ
सँगै बाँचौँ सँगै मरौँ

स्वर्ग अझै सुन्दर हुन्छ तिमीले पाइला टेकेपछि
अप्सरा नै लजाउँछन् तिमीलाई देखेपछि
बाधादेखि बन्धनदेखि प्रेमलाई मुक्त गरौँ
दुईटा मुटु एउटै पारी सँगै बाँचौँ सँगै मरौँ
सँगै बाँचौँ सँगै मरौँ

हामी मरिगए पनि हाम्रो माया गीत बन्दै
हामी मरिगए पनि हाम्रो माया गीत बन्दै
बास्ना छरी आउने छ वसन्तको धुन छर्दै
बास्ना छरी आउने छ वसन्तको धुन छर्दै
जून जस्तै जगतभरि जगमगाउँदो ज्योति छरौँ
दुईटा मुटु एउटै पारी सँगै बाँचौँ सँगै मरौँ
सँगै बाँचौँ सँगै मरौँ
हिमाललाई साक्षी राखी आऊ मीठो बाचा गरौँ
दुईटा मुटु एउटै पारी सँगै बाँचौँ सँगै मरौँ
सँगै बाँचौँ सँगै मरौँ

शब्दः किरण खरेल
संगीतः मनोहर सिंह
स्वरः प्रकाश श्रेष्ठ र दीपा झा
चलचित्रः सन्तान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!