हिमालको काखमा छ सानो मेरो गाउँ
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ
पार्वती हो नाउँ
कालो कालो
कालो कालो बादलमा केश फिजाउँछु
कलकल बग्दैमा यो देश भिजाउँछु
प्रभातमा हो
प्रभातमा टल्किएको मोती जस्तो शित
प्रभातमा टल्किएको मोती जस्तो शित
यो माटोमा रोपेकी छु मैले चोखो प्रित
मैले चोखो प्रित
पार्वती हो नाउँ
यो देशमा
यो देशमा ल्याउँछु म नयाँ नयाँ रंग
रमाउँदै गाउँछु म कोइलीको सँग
मेरो हाँसो हो
मेरो हाँसो संगालेर फूल मग्मगाउँछ
मेरो हाँसो संगालेर फूल मग्मगाउँछ
मेरो रूप श्रृंगारेर जून जग्मगाउँछ
जून जग्मगाउँछ
पार्वती हो नाउँ
रात पनि
रात पनि निदाउँछ मेरो नयनमा
नयाँ दिन उदाउँछ मेरो बदनमा
बतासमा हो
बतासमा हराउँदै गए पनि तर
बतासमा हराउँदै गए पनि तर
स्वर्गजस्तो नेपाल हो मेरो माइतीघर
मेरो माइतीघर
पर्वती हो नाउँ
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ
पार्वती हो नाउँ
शब्दः किरण खरेल
संगीतः शिव शंकर मानन्धर
स्वरः तारा देवी