हिजो आज किन किन रुन मन लाग्छ
तिमीबिना सारा संसार एकान्त नै लाग्छ
हिजो आज किन किन रुन मन लाग्छ
तिम्रो साथ बस्ने इच्छा छातीभरि रह्यो
जता जान्छु त्यतै आत्मा सधै जलिरह्यो
तिम्रो साथ बस्ने इच्छा छातीभरि रह्यो
जता जान्छु त्यतै आत्मा सधै जलिरह्यो
मन मेरो थाकिसक्यो खुशी कुर्दा कुर्दै
जीवन मेरो डुबिसक्यो तिमीलाई कुर्दै
हिजो आज किन किन रुन मन लाग्छ
तातो हावा धेरै खाएँ चिसो सम्झिएर
आँशु आफ्नो आफै पिएँ पानी सम्झिएर
तातो हावा धेरै खाएँ चिसो सम्झिएर
आँशु आफ्नो आफै पिएँ पानी सम्झिएर
आफैदेखि आफ्नो जीवन बिरानो भो अब
आँधीसँगै उड्दै गएँ सबैदेखि पर
हिजो आज किन किन रुन मन लाग्छ
तिमीबिना सारा संसार एकान्त नै लाग्छ
हिजो आज किन किन रुन मन लाग्छ
शब्दः नरेन्द्र राज प्रसाईँ
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा