हाँसी हाँसी जलिरहेँ खुशीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रूखो हाँसो देखाई रहेछु
देखाई रहेछु
हाँसी हाँसी जलिरहेँ खुशीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रूखो हाँसो देखाई रहेछु
देखाई रहेछु
तातो सास आफै छामेँ भुँवरीमा ज्युँदै पर्दा
आँखाबाट झरी वर्ष्यो खडेरीले ओठ सुक्दा
तातो सास आफै छामेँ भुँवरीमा ज्युँदै पर्दा
आँखाबाट झरी वर्ष्यो खडेरीले ओठ सुक्दा
जलिरहेँ भुङ्ग्रोसँगै रोई रोई धुँवासँग
बाँचुञ्जेल साथ खोज्दा पाइनँ बास बाँच्नेसँग
हाँसी हाँसी जलिरहेँ खुशीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रूखो हाँसो देखाई रहेछु
देखाई रहेछु
लासमाथि कालो टाल्न कैयो आँखा रसाउँछन्
मान्छेहरू अन्तिम घडी सहानुभूति देखाउँछन्
लासमाथि कालो टाल्न कैयो आँखा रसाउँछन्
मान्छेहरू अन्तिम घडी सहानुभूति देखाउँछन्
मरिदिँदा मात्रै रोयो बाँच्दा एक्लै आत्तिएथेँ
जिउँदो हुँदा रोई रोई जिन्दगानी चलाएथेँ
हाँसी हाँसी जलिरहेँ खुशीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रूखो हाँसो देखाई रहेछु
देखाई रहेछु
हाँसी हाँसी जलिरहेँ खुशीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रूखो हाँसो देखाई रहेछु
देखाई रहेछु, देखाई रहेछु
देखाई रहेछु, देखाई रहेछु
देखाई रहेछु
शब्दः नरेन्द्रराज प्रसाईँ
संगीतः कुन्दनराज सुब्बा
स्वरः अरूणा लामा