हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रियसीलाई
कसोरी म भेटुँ म देखुँ उनीलाई
कसोरी म भेटुँ म देखुँ उनीलाई
यी बाधा छिचोली अँगालु उनीलाई
उनी बोल्दछिन् गीतको भाखा लिई
उनी हाँस्दछिन् फूलको बास्ना लिई
उनी बोल्दछिन् गीतको भाखा लिई
उनी हाँस्दछिन् फूलको बास्ना लिई
नबोल्ने को होला देखेर उनीलाई
नबोल्ने को होला देखेर उनीलाई
म बोलुँ कसोरी भनुँ के उनीलाई
म बोलुँ कसोरी भनुँ के उनीलाई
बिहानीको शीतमा उनी झल्मलाउँछिन्
जसै साँझ पर्छ प्रतिक्षामा हुन्छिन्
बिहानीको शीतमा उनी झल्मलाउँछिन्
जसै साँझ पर्छ प्रतिक्षामा हुन्छिन्
उनी ओठ आँखाले छुन्छिन् मलाई
उनी ओठ आँखाले छुन्छिन् मलाई
उपहार के दिउँ भनुँ के उनीलाई
हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रियसीलाई
शब्द/संगीत/स्वरः भक्तराज आचार्य