सोचेजस्तो हुन्न जीवन सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ देखेजस्तो हुन्न जीवन

पीडाहरु बटुलेर रोई रहुँ जस्तो लाग्छ
खुशीहरु समेटेर हाँसी रहुँ जस्तो लाग्छ
पीडाहरु बटुलेर रोई रहुँ जस्तो लाग्छ
खुशीहरु समेटेर हाँसी रहुँ जस्तो लाग्छ
आँशु आँशु हुन्न जीवन खुशी खुशी हुन्न जीवन
भेट्यो जति उस्तै हुन्छ रोजेजस्तो हुन्न जीवन
सोचेजस्तो हुन्न जीवन सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ देखेजस्तो हुन्न जीवन
घाम ताप्न पर्खि बस्यो पानी उसै वर्षिदिन्छ
अँधेरोमै रमुँ भन्दा उज्यालो पो सल्किदिन्छ
घाम ताप्न पर्खि बस्यो पानी उसै बर्षिदिन्छ
अँधेरोमै रमुँ भन्दा उज्यालो पो सल्किदिन्छ
पानी पर्नु पनि जीवन घाम लाग्नु पनि जीवन
एउटा रोज्यो अर्कै मिल्छ खोजेजस्तो हुन्न जीवन
सोचेजस्तो हुन्न जीवन सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ देखेजस्तो हुन्न जीवन
देखेजस्तो हुन्न जीवन, देखेजस्तो हुन्न जीवन
शब्दः दिनेश अधिकारी
संगीतः नातिकाजी
स्वरः तारा देवी