सागर छ गहभित्र चाहेमा रोइदिन्छु
सागर छ गहभित्र चाहेमा रोइदिन्छु
आँधी छ छातीभित्र खोजेमा बल्झिदिन्छु
सागर छ गहभित्र
पासाण हृदय हैन मैले बोकी हिँडेको
पासाण हृदय हैन मैले बोकी हिँडेको
सुम्पेको छु तिमीलाई म आफूसँग भएको
अधरको हाँसो निचोरी तिमीलाई दिइसकेछु
आँधी छ छातीभित्र खोजेमा बल्झिदिन्छु
सागर छ गहभित्र
लाग्छ हेराइमा तिम्रो के के नपुगे जस्तो
लाग्छ हेराइमा तिम्रो के के नपुगे जस्तो
मुटु दिएर तिमीलाई केही दिइनँ मैले जस्तो
मभित्र पसेर हेर म त खाली खाली भएछु
आँधी छ छातीभित्र खोजेमा बल्झिदिन्छु
सागर छ गहभित्र
शब्द/संगीत/स्वरः भक्तराज आचार्य