साउने भेल उर्लेर आउँदा सुनकोशी धमिलो
टाढाको माया नलाउनु रैछ मनमात्रै अमिलो
मनमात्रै अमिलो
देखुँ झै लाग्छ, भेटुँ झै लाग्छ नदेख्दा सपनी
मायाको जालो नछुट्ने रैछ उस्तैछु म पनि
उस्तैछु म पनि
दाउरालाई काट्नु सुकेको हाँगा घाँस काट्नु खरुको
दाउरालाई काट्नु सुकेको हाँगा घाँस काट्नु खरुको
यो मनमा जसको आँधी र हुरी चल्दैन अरूको
चल्दैन अरूको
उकाली ज्यानको लहरे पीपल छेवैमा बरको बोट
उकाली ज्यानको लहरे पीपल छेवैमा बरको बोट
अरूले देख्दा राम्रो नै छ नि मै देख्छु आफ्नो चोट
मै देख्छु आफ्नो चोट
कस्तुरी चर्ने हिमाली पाखा गाईलाई गौचरन
कस्तुरी चर्ने हिमाली पाखा गाईलाई गौचरन
विरह पोखे विरही भन्छन् कसरी बुझाऊँ मन
कसरी बुझाऊँ मन
सरमा सर बतास चल्दा सुसाउँछ पारि वन
सरमा सर बतास चल्दा सुसाउँछ पारि वन
सम्झेर ल्याउँदा यो छातीभित्र दुखेर आउँछ झन्
दुखेर आउँछ झन्
साउने भेल उर्लेर आउँदा सुनकोशी धमिलो
टाढाको माया नलाउनु रैछ मनमात्रै अमिलो
मनमात्रै अमिलो
देखुँ झै लाग्छ, भेटुँ झै लाग्छ नदेख्दा सपनी
मायाको जालो नछुट्ने रैछ उस्तैछु म पनि
उस्तैछु म पनि
मनमात्रै अमिलो
उस्तैछु म पनि
मनमात्रै अमिलो
उस्तैछु म पनि
संगीतः जीतेन राई/सिंह लामा
शब्दः जीतेन राई
स्वरः जीतेन राई/ लोचन भट्टराई