साँझ बेला के पापी कुरा खेलेको मनमा
घर छु एक्लो वर छ कता पराई वनमा
साँझ बेला….
परदेशी धावा परदेशी डाँडा परदेशी पाखामा
सिन्दुर उसको सम्झिदो होला भिजेको आँखामा
फर्किन्छु भनि मुखमा हेरी वचन दिएको
नौगेडी माला गलामा मैले त्यसरी लिएको
तिर्खा लाग्यो कि चोट पर्यो कि सम्झेर बसेको
किन पो होला ममाथि यस्तो आकाश खसेको
साँझको बेला……
मुटु यो काम्छ काग उडि आउँदा घरको छानामा
लेखेन खुशी दैवले यहाँ दिलको पानामा
सपना कस्तो देखेको मैले पहिरो गएको
गुँरास फुल्ने पखेरा सबै उजाड भएको
कति भयो र यो शिरबन्दी लाएको माथामा
सक्दिनँ म त देख्नु यो चुरा फुटेको हातमा
साँझको बेला……
शब्दः
संगीतः
स्वरः अरूणा लामा