सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिनँ
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिनँ
मायाको यो खोक्रो शब्दमा, यो पागल अब डुब्दैन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिनँ
मायाको यो खोक्रो शब्दमा, यो पागल अब डुब्दैन
त्यसैले प्रिय जाँदैछु तिमीभन्दा धेरै टाढा
प्रिय जाँदैछु धेरै टाढा
लामो लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौँ
लामो लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौँ
त्यसैले प्रिय सक्छु बुझ्न तिमीलाई राम्रै गरि
प्रिय सक्छु राम्रै गरि
आँखाभरि तिम्रो आँशु देख्न म सक्दिनँ
आँखाभरि तिम्रो आँशु देख्न म सक्दिनँ
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिनँ
आँखाभरि तिम्रो आँशु देख्न म सक्दिनँ
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिनँ
त्यसैले प्रिय जाँदैछु बिझाउने तिम्रो याद लिइ
प्रिय जाँदैछु याद लिएर
त्यसैले प्रिय जाँदैछु बिझाउने तिम्रो याद लिइ
शब्दः शम्भित भट्टराई
संगीत/स्वरः नविन के. भट्टराई