सबै बेहाशी नशा पिएर
बिना पिएरै बेहोश छु म
अरू निर्दोषी माया भूलेर
बिना भुलेरै दोषी छु म
बिना भुलेरै दोषी छु म
सबै बेहाशी नशा पिएर
बिना पिएरै बेहोश छु म
अरू निर्दोषी माया भूलेर
बिना भुलेरै दोषी छु म
बिना भुलेरै दोषी छु म
सबै बेहाशी नशा पिएर
सपना फुटेर आँशु बनेछ
त्यो आँशु फेरि व्यथा बनेछ
सपना फुटेर आँशु बनेछ
त्यो आँशु फेरी व्यथा बनेछ
आँशुका फोका मोती बनेर
उदास मनको कथा भनेछ
उदास मनको कथा भनेछ
सबै बेहाशी नशा पिएर
सुनसान बगरमा आँधी चलेछ
फैलेर आँधी चाहना बनेछ
सुनसान बगरमा आँधी चलेछ
फैलेर आँधी चाहना बनेछ
नअटेर माया अञ्जुली भरेर
ढलपल आँखा सागर भुलेछ
ढलपल आँखा सागर भुलेछ
सबै बेहाशी नशा पिएर
बिना पिएरै बेहोश छु म
अरू निर्दोषी माया भूलेर
बिना भुलेरै दोषी छु म
बिना भुलेरै दोषी छु म
सबै बेहाशी नशा पिएर
शब्दः रवि प्रान्जल
स्वर/संगीतः भक्तराज आचार्य