विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई केको पीर
जिउँदै मर्ने यो अभागी देखेर
हिरा, मोती, सुन, चाँदी सजिएर गयौ तिमी
विदेशमा गएपछि यो दुःखिलाई भुल्यौ पनि
हिरा, मोती, सुन, चाँदी सजिएर गयौ तिमी
विदेशमा गएपछि यो दुःखिलाई भुल्यौ पनि
मेरो माया त्यस्तो होइन
सुन, मेरो माया त्यस्तो होइन
सँगै जिउनु, सँगै मर्नु
त्यही नै थियो मेरो माया
विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई केको पीर
जिउँदै मर्ने यो अभागी देखेर
सिन्दुर पोते हातमा चुरी सजिएर डोली चढी
पल्टनेको धनको आशमा आमा बाबुले दियो मञ्जुरी
सिन्दुर पोते हातमा चुरी सजिएर डोली चढी पल्टनेको धनको आशमा आमा बाबुले दियो मञ्जुरी
मेरो माया नक्कली होइन
सुन, मेरो माया नक्कली होइन
सँगै हाँस्नु, सँगै रुनु
त्यही नै थियो मेरो माया
विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई केको पीर
जिउँदै मर्ने यो अभागी देखेर
जिउँदै मर्ने यो अभागी देखेर
जिउँदै मर्ने यो अभागी देखेर
शब्द/संगीत/स्वरः दिपक थापा