वनकीमा चरीकले सुन्ला कठै बरी मेरो मनको बिलौना
हाय हाय मनको बिलौना
डालीडाली चलिचलि झुल्के जोवन जान्छ
डालीडाली चलिचलि झुल्के जोवन जान्छ
अभागीको मेरो दैया कल्ले माया मान्छ
अभागीको मेरो दैया कल्ले माया मान्छ
रुन्छु म एक्लै धरधरीकले सुन्ला कठै बरी मेरो मनको बिलौना
हाय हाय मनको बिलौना
आँधीले छटपट छटपट पार्छ
आँधीले छटपट छटपट पार्छ
पानी पर्यो भने मलाई निथ्रुक्कै मार्छ
पानी पर्यो भने मलाई निथ्रुक्कै मार्छ
जाडोले काम्छु थरथरीकले सुन्ला कठै बरी मेरो मनको बिलौना
हाय हाय मनको बिलौना
आफ्नै धुनमा गाउथेँ, झुल्थेँ, नाँच्थेँ आफ्नै चालमा
आफ्नै धुनमा गाउथेँ, झुल्थेँ, नाँच्थेँ आफ्नै चालमा
कुन पापीले पार्यो मलाई आज माया जालमा
कुन पापीले पार्यो मलाई आज माया जालमा
थुनेर मलाई पिँजरीमाकले सुन्ला कठै बरी मेरो मनको बिलौना
हाय हाय मनको बिलौना
वनकीमा चरीकले सुन्ला कठै बरी मेरो मनको बिलौना
हाय हाय मनको बिलौना
शब्द/संगीत/स्वरः प्रेम प्रकाश मल्ल ‘मधुकर’