लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
हिउँमा कोरेको अक्षर त
एकछिनमा बिलाई जाइजान्छ
हिउँमा कोरेको अक्षर त
एकछिनमा बिलाई जाइजान्छ
दिनभरि हेर्नु छ गाई वस्तु
नहेरे भालुले खाइजान्छ
दिनभरि हेर्नु छ गाई वस्तु
नहेरे भालुले खाइजान्छ
लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
नागीमा उडेको धुवाँ त
बादल बन्न जाइजान्छ
नागीमा उडेको धुवाँ त
बादल बन्न जाइजान्छ
बादलको अक्षर आकाशमा
देखेर यो मन कल्पन्छ
बादलको अक्षर आकाशमा
देखेर यो मन कल्पन्छ
लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
कलमले लेख्ने मन थियो
हिउँले पो औंला खाइदियो
कलमले लेख्ने मन थियो
हिउँले पो औंला खाइदियो
कुहिरोमा लुकेको स्कुलले
टाढै बसेर चियायो
कुहिरोमा लुकेको स्कुलले
टाढै बसेर चियायो
लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
शब्दः आभाष
संगीतः रामेश श्रेष्ठ
स्वरः स्वर्णीम स्कुलका विद्यार्थी