लानै लाग्यो पछ्यौरा यो
पछ्यौरा यो बतासले आज
लौन लौन बचाई देऊन
बचाई देऊन कुमारीको लाज
अकेली छु कोही यहाँ साथी मेरो छैन, साथी मेरो छैन
भागुँ भने कता भागुँ लुक्ने ठाऊँ छैन, लुक्ने ठाऊँ छैन
बतासले पछ्यौरा यो झुक्याउँदै तान्छ
जति जति सम्हाल्छु म चिप्लिएर जान्छ
लानै लाग्यो पछ्यौरा यो
पछ्यौरा यो बतासले आज
लौन लौन बचाई देऊन
बचाई देऊन कुमारीको लाज
टाढादेखि आएकी छु सबको आँखा छल्दै, सबको आँखा छल्दै
पछि पछि लाग्यो अब जिस्किएर चल्दै, जिस्किएर चल्दै
कुमारीमा केटीलाई लगाउन बात
मेरो मुटु छुन्छ उसको नदेखिने हात
लानै लाग्यो पछ्यौरा यो
पछ्यौरा यो बतासले आज
लौन लौन बचाई देऊन
बचाई देऊन कुमारीको लाज
शब्दः किरण खरेल
संगीतः शिव शंकर मानन्धर
स्वरः तारा देवी