रिमझिम, रिमझिम, रिमझिम पानी परिरहेछ
एकनास, एकोहोरो थामिने नामै नलिई
रिमझिम, रिमझिम, रिमझिम
वर्षायाम तिम्रो साथ रात रित्तिरहेछ
एकलास, सुनसान ब्युँझने ठाउँ नदिई
रिमझिम, रिमझिम, रिमझिम
हाँगाबिँगा पात पात सबै भिजिरहेछ
हाँगाबिँगा पात पात सबै भिजिरहेछ
चुपचाप स्वीकारेर गुनासो गर्दै नगरी
दुवै मौन, प्रित खाली यहाँ बोलिरहेछ
मन भन्छ, मन सुन्छ विश्राम गर्दै नगरी
रिमझिम, रिमझिम, रिमझिम पानी परिरहेछ
एकनास, एकोहोरो थामिने नामै नलिई
रिमझिम, रिमझिम, रिमझिम
उर्लीउर्ली चुलबुल खोला हिँडिरहेछ हिँडिरहेछ
उर्लीउर्ली चुलबुल खोला हिँडिरहेछ, हिँडिरहेछ
डाँडाकाँडा, लेक बेसी रोकिने आशै नराखी
बुझ्ने कुरा केही छैन शब्द रित्तिरहेछ
रुझी सँगै बसी रहयौ छुटिने कुरै नसम्झी
रिमझिम, रिमझिम, रिमझिम पानी परिरहेछ
एकनास, एकोहोरो थामिने नामै नलिई
रिमझिम, रिमझिम, रिमझिम
वर्षायाम तिम्रो साथ रात रित्तिरहेछ
एकलास, सुनसान ब्युँझने ठाउँ नदिई
रिमझिम, रिमझिम, रिमझिम
रिमझिम, रिमझिम, रिमझिम
रिमझिम, रिमझिम, रिमझिम
शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी