यो सम्झिने मन छ, म बिर्सुँ कसोरी
तिमी नै भनिदेऊ ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेऊ ए जाने निठुरी
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिनँ आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिनँ छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुँ कसोरी
तिमी नै भनिदेऊ ए जाने निठुरी
पखाले यि आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
पखाले यि आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुँ कसोरी
तिमी नै भनिदेऊ ए जाने निठुरी
शब्दः दिनेश अधिकारी
संगीत/स्वरः नारायण गोपाल