यो कस्तो रात दियो बदला, मुटु जल्छ
यो के वर्षा लिई आगो हावा चल्छ
यो कस्तो रात
कति पीडा कति आँशु, नशाले नै छुन्न कि जस्तो
अँध्यारो के अँध्यारो यो, बिहान नै हुन्न कि जस्तो
यो कस्तो रात दियो बदला, मुटु जल्छ
यो के वर्षा लिई आगो हावा चल्छ
यो कस्तो रात
उनी आउलिन उनी आईनन्, प्रतीक्षा नै चिता जस्तो
उनी आउलिन उनी आईनन्, प्रतीक्षा नै चिता जस्तो
जताततै उनैको गीत गुञ्जिने शून्यता कस्तो
यो कस्तो रात दियो बदला, मुटु जल्छ
यो के वर्षा लिई आगो हावा चल्छ
यो कस्तो रात
शब्दः राम मान तृषित
संगीतः नातीकाजी
स्वरः मणिक रत्न