यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला
जसलाई आफ्नो सम्झेको थेँ, उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
मेरो माया कुल्ची जाने तिम्रो माया फलोस् फुलोस्
मेरो इच्छा मारी जाने तिम्रो इच्छा सधैँ पुगोस्
उदास आँखा मेरा पनि सपना देख्थे पहिले पहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
शब्दः यादव खरेल
संगीतः नातिकाजी
स्वरः फत्तेमान राजभण्डारी