यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुटाई दिन्छु आफू आँशुमा डुबी
यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी
भीड छ, म भीडमा आफूलाई बिलाई दिन्छु
बिर्सिदिन्छु आफूलाई, होश म हराईदिन्छु
भीड छ, म भीडमा आफूलाई बिलाइदिन्छु
बिर्सिदिन्छु आफूलाई, होश म हराइदिन्छु
कि त लुकी यतै कतै रोइदिन्छु सुस्तरी
हाँसो म लुटाई दिन्छु आफू आँशुमा डुबी
यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी
च्यातिदिन्छु आफूलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफूलाई दिनहरूको माझमा
च्यातिदिन्छु आफूलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफूलाई दिनहरूको माझमा
गाइदिन्छु गीत आफ्नो आफैलाई नै पिई
हाँसो म लुटाई दिन्छु आफू आँशुमा डुबी
यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी
शब्दः काली प्रसाद रिजाल
संगीत/स्वरः नारायण गोपाल