म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ
मलाई पनि अरूलाईझै माया गर्न मन लाग्छ
म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई
तिम्रो साथ तिम्रो विश्वास सहाराझै लाग्छ मलाई
तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई
तिम्रो साथ तिम्रो विश्वास सहाराझै लाग्छ मलाई
तिम्ले हात बढाउँदा थामिदिन मन लाग्छ
थामिदिन मन लाग्छ
म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
तिम्रो हाँसो तिम्रो आँशु आफ्नै ठानिसकेँ मैले
तिमीलाई जीवनभरको साथी मानिसकेँ मैले
तिम्रो हाँसो तिम्रो आँशु आफ्नै ठानिसकेँ मैले
तिमीलाई जीवनभरको साथी मानिसकेँ मैले
तिमी झुक्दा अंगालोमा बाँधिदिन मन लाग्छ
बाँधिदिन मन लाग्छ
म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ
मलाई पनि अरूलाईझै माया गर्न मन लाग्छ
म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
रचनाः किरण खरेल
संगीतः नातीकाजी
स्वरः माणिकरत्न स्थापित