म त चुपचाप बसेँ मौनताले बोलिदियो
म त चुपचाप बसेँ मौनताले बोलिदियो
मनको कुरा मनमै राखेँ तर मनले खोलिदियो
म त चुपचाप बसेँ
अधर त हाँसिरहे अन्तरले रोइदियो
अधर त हाँसिरहे अन्तरले रोइदियो
परेलीको आँशु पुछेँ तरेलीमा बाँकि रह्यो
देखाउन खोजे खुशी खुशीले नै पोलिदियो
अंग सबै मौन थिए रंगले नै बोलिदियो
म त चुपचाप बसेँ
जति जति ढाँटु भने मुटुले नै कुटिदियो
जति जति ढाँटु भने मुटुले नै कुटिदियो
पहराको छातीपारि छहरा झैँ फुटिदियो
विपनाको एउटा कुरा सपनामा अल्झिरह्यो
आफुले त भुल्न खोजेँ सम्झनाले सम्झिरह्यो
म त चुपचाप बसेँ मौनताले बोलिदियो
मनको कुरा मनमै राखेँ तर मनले खोलिदियो
म त चुपचाप बसेँ
शब्दः काली प्रसाद रिजाल
संगीतः दिपक जंगम
स्वरः अरूणा लामा