मेरो साधनाको वरदान हो गीत
वरदान हो गीत
यिनै सात स्वर हुन् मेरा आफ्ना मीत
मेरा आफ्ना मीत
मेरो साधनाको वरदान हो गीत
वरदान हो गीत
आरोह अवरोह गति यो जीवनको
आरोह अवरोह गति यो जीवनको
छ यो मुर्छनामा सुख सब लुकेको
सुख सब लुकेको
मेरो साधनाको वरदान हो गीत
वरदान हो गीत
अलंकार मेरा सरगमका टुक्रा
ग म प नि सा, नि सा नि ध प,
ध प म प म ग, म ग रे ग रे सा,
नि सा ग म प, नि सा ग म प
नि सा ग म प
अलंकार मेरा सरगमका टुक्रा
अचल षडज पञ्चम नै सौभाग्य मेरो
सौभाग्य मेरो
मेरो साधनाको वरदान हो गीत
वरदान हो गीत
अँध्यारो उज्यालो मेरै भाव नर्तन
अँध्यारो उज्यालो मेरै भाव नर्तन
हाँसो र रोदन मेरै गीत गुञ्जन
मेरै गीत गुञ्जन
मेरै साधनाको वरदान हो गीत
वरदान हो गीत
यिनै सात स्वर हुन् मेरा आफ्ना मीत
मेरा आफ्ना मीत
मेरो साधनाको वरदान हो गीत
वरदान हो गीत
शब्दः पुरूषोत्तम सापकोटा
संगीत/स्वरः भक्तराज आचार्य