मेरो बेहोशी आज मेरो लागि पर्दा भो
छोपिए पीर सबै, दुःख सबै पर्दा भो
मेरो बेहोशी आज
यो नशा जिन्दगीको या हो नशा रक्सीको
यो नशा जिन्दगीको या हो नशा रक्सीको
के हो यो पीर के हो नयाँ नयाँ प्रियसी हो
जे थिए स्वप्न सबै ती पग्लिएर पानी भो
के बिहान साँझ, सबै जिन्दगी नै पर्दा भो
मेरो बेहोशी आज
मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरू ती अल्झिएर बाधा भो
हराए गीत सबै हार सबै पर्दा भो
मेरो बेहोशी आज मेरो लागि पर्दा भो
मेरो बेहोशी आज
शब्दः ईश्वर बल्लभ
संगीत/स्वरः नारायण गोपाल