मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ
तिमी ढाँटिदेऊ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ
तिमी ढाँटिदेऊ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास
तिमी रोईदेऊ फेरि दुई बुंद आँशु पोख्दै
तिमी धोइदेऊ ओठमा लागेका दाग मेट्दै
तिमी धोइदेऊ ओठमा लागेका दाग मेट्दै
विषालु आँशु तिम्रा अमृत ठानी पिउँछु
पत्थरको मूर्तिलाई भगवान सम्झी जिउँछु
तिमी ढाँटिदेऊ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ
तिमी ढाँटिदेऊ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास
मैले सुनेको कुरा कथा थियो भनिदेऊ
मैले देखेको दृश्य झुटो थियो भनिदेऊ
तिम्रो हरेक बहाना पत्याइ दिन्छु आज
सम्पूर्ण सत्यलाई रित्याइ दिन्छु आज
तिमी ढाँटिदेऊ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ
तिमी ढाँटिदेऊ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास
रचनाः किरण खरेल
संगीत/स्वरः माणिकरत्न स्थापित