मेरो छेऊ कोमल भाव बटुली नआऊ
मेरो छेऊ कोमल भाव बटुली नआऊ
म ढुंगा हुँ काँचको मुटु लिई नआऊ
मेरो छेऊ कोमल भाव बटुली नआऊ
यहाँ कोही कसैमा समर्पिण व्यर्थै
समर्पण पछि झन तडपिन व्यर्थै
यहाँ कोही कसैमा समर्पिण व्यर्थै
समर्पण पछि झन तडपिन व्यर्थै
सबै आफ्नो आफ्नै समस्यामा व्यस्त
कसैबाट केही आश गर्नु व्यर्थै
कुनै प्रेम कथाको आधार लिई नआऊ
मेरो छेऊ कोमल भाव बटुली नआऊ
किन मान्छे रुन्छन् यहाँ साथी खोजेर
हेर म खुशी छु एक्लै जिएर
किन मान्छे रुन्छन् यहाँ साथी खोजेर
हेर म खुशी छु एक्लै जिएर
तेरो प्यासभन्दा निष्ठुर छ संसार
तेरो आशभन्दा अँध्यारो छ संसार
यहाँ जुनकिरीको किरण लिई नआऊ
मेरो छेऊ कोमल भाव बटुली नआऊ
म ढुंगा हुँ काँचको मुटु लिई नआऊ
मेरो छेऊ कोमल भाव बटुली नआऊ
शब्द/संगीतः गोपाल योन्जन
स्वरः भक्तराज आचार्य