मेरो गीतभित्र एउटा चौतारा छ
हराएको मेरो जहाँ सुस्केरा छ
उडि गयो कता चरा आकाशमा
रहेको यहाँ रित्तो एक पिँजडा छ
मलाईृ थाहा छैन म कस्तो कथा हुँ
सधै बल्झिने म कस्तो व्यथा हुँ
मलाई काख दिन यो संसारलाई
मलाई दोष दिन मेरो भाग्यलाई
भन्न नसकेका धेरै नै कुरा छ
त्यसै अडिन्छु म हिँडेको बाटो
कोही नभेटिने कस्तो दोबाटो
ती टाढा भएका सपनाको मेला
मनभरि बोकेर थाकेको बेला
मेरा प्यास मेटाउने सानो धारा छ
मेरो गीतभित्र एउटा चौतारा छ
शब्दः
संगीतः
स्वरः अरूणा लामा