मेरा सबै रात अब मातहरू भए
जिन्दगी नै नबुझ्ने बातहरू भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बास बेहोशीका बारातहरू भए
सबै बास बेहोशीका बारातहरू भए
मेरा सबै रात अब
सधै यो सडकमा म
सधै यो सडकमा म के के रोज्दै हिँड्छु
आफन्तको माझमा परिचय खोज्दै हिँड्छु
भुलेर बजारभरिका
भुलेर बजारभरिका हजार बैशहरू
म त आफैलाई हराई आफै खोज्दै हिँड्छु
आफै खोज्दै हिँड्छु
मेरा सबै रात अब
कहिलेकाहीँ बिर्सिएर
कहिलेकाहीँ बिर्सिएर आकाश खोज्दै हिँड्छु
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिँड्छु
धेरै भयो अल्झेको
धेरै भयो अल्झेको यहाँ भीडभित्र
यिनै भीडमा जिन्दगीको आभाष खोज्दै हिँड्छु
आभाष खोज्दै हिँड्छु
मेरा सबै रात अब मातहरू भए
जिन्दगी नै नबुझ्ने बातहरू भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बास बेहोशीका बारातहरू भए
सबै बास बेहोशीका बारातहरू भए
शब्दः नोर्देन रूम्बा
संगीतः चन्दन लोम्जेल
स्वरः नारायण गोपाल