मेरा गीतहरू त्यसै छन्
मेरा साधहरू त्यसै छन्
तिमीबिना मेरा गीतका
तिमीबिना मेरा गीतका
संगीतहरू त्यसै छन्
मेरा गीतहरू त्यसै छन्
शून्य जीवन लिएर बाँच्नु छ यहाँ मैले
आँशु बहाई यहाँ हाँसी दिनु छ मैले
हाँसी दिनु छ मैले
मेरा घाउहरू त्यसै छन्
बाँचेर पनि यहाँ बाँचिनँ जस्तो लाग्छ
पाएर मैले यहाँ केही पाइनँ जस्तो लाग्छ
मलाई सारा संसार निशा निस्सार जस्तो लाग्छ
निशा निस्सार जस्तो लाग्छ
मेरा भावहरू त्यसै छन्
मेरा साधहरू त्यसै छन्
मेरा गीतहरू त्यसै छन्
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य