मायालु म तिमीलाई माया दिएर जाँदै छु
खुशी दिएर तिमीलाई आँशु लिएर जाँदै छु
मायालु म तिमीलाई माया दिएर जाँदै छु
खुशी दिएर तिमीलाई आँशु लिएर जाँदै छु
मायालु म तिमीलाई
मेरो झुटो बाचा यो होइन साँचो विश्वास पोखिरहेछु
मेरो झुटो बाचा यो होइन साँचो विश्वास पोखिरहेछु
मलाई देऊ सबै जति छन् तिम्रा आँशु म मागिरहेछु
तिम्रा आँशु म मागिरहेछु
मायालु म तिमीलाई
मिलनका ती क्षणहरूलाई मनभित्र संगालेर राखेको छु
मिलनका ती क्षणहरूलाई मनभित्र संगालेर राखेको छु
मलाई बिर्सिन देऊ तिमीले म त चाँडै नै फर्की आउने छु
म त चाँडै नै फर्की आउने छु
मायालु म तिमीलाई माया दिएर जाँदै छु
खुशी दिएर तिमीलाई आँशु लिएर जाँदै छु
मायालु म तिमीलाई
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य