मलाई मेट्न देऊ मैले कोरेका रेखाहरू
यहाँ माया नै घृणाले कोरिएको हुन्छ
मलाई पिउन देऊ आज यी नशाहरू
यहाँ बाँचुन्जेल व्यथाले सताएको हुन्छ
मलाई मेट्न देऊ….
मेरो प्यारको आवाज सम्झ
काँडै काँडाबीच अल्झेको छ
तिम्रो लागि केही होइन
मलाई बाँच्न कठिन छ
मेरो प्यारको आवाज सम्झ
काँडै काँडाबीच अल्झेको छ
तिम्रो लागि केही होइन
मलाई बाँच्न कठिन छ
मलाई पिउन देऊ आज यी नशाहरू
यहाँ बाँचुन्जेल व्यथाले सताएको हुन्छ
मलाई मेट्न देऊ…..
मेरो जिन्दगीको गीत सम्झ
संगीत नपाई रोएको छ
तिम्रो लागि केही होइन
मलाई कल्पिरहनु परेको छ
मेरो जिन्दगीको गीत सम्झ
संगीत नपाई रोएको छ
तिम्रो लागि केही होइन
मलाई कल्पिरहनु परेको छ
मलाई पिउन देऊ आज यी नशाहरू
यहाँ बाँचुन्जेल व्यथाले सताएको हुन्छ
मलाई मेट्न देऊ….
शब्दः उत्तमलाल श्रेष्ठ
संगीत/स्वरः भक्तराज आचार्य