मलाई बिर्सन देऊ, बसन्तका मेरा कथाहरू
मलाई बिर्सन देऊ, बसन्तका मेरा कथाहरू
मलाई जिउन देऊ, मेरा मीठा कल्पनाहरू
यी ताराहरू सधै विवश भई हाँसेका छन्, हाँसेका छन्
यी ताराहरू सधै विवश भई हाँसेका छन्, हाँसेका छन्
यी आँखाहरू सधै निराश भई ढाकेका छन्, ढाकेका छन्
मलाई बिर्सन देऊ, बितेका सबै मीठा बाचाहरू
मलाई बिर्सन देऊ, बसन्तका मेरा कथाहरू
मुटु नै मेरो निसासिएर कता कता भई दिन्छ
मुटु नै मेरो निसासिएर कता कता भई दिन्छ
मन्दिर मेरो बिरानो भई त्यसै पनि रोइदिन्छ
मलाई बिर्सन देऊ, मुटुभरिका छट्पटाईहरू
मलाई बिर्सन देऊ, बसन्तका मेरा कथाहरू
मलाई जिउन दऊ, मेरा मीठा कल्पनाहरू
शब्दः उत्तम श्रेष्ठ
संगीतः शिवशंकर मानन्धर
स्वरः तारा देवी