मलाई नसोध कहाँ दुख्छ घाउ
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु, ठीकै छु, बिथोल्न न आऊ
मलाई नसोध, कहाँ दुख्छ घाउ
मेरो जिन्दगीमा सधै यो उदासी
सकेकै छु जिउन कहिलै नहाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
त्यसैले म भन्छु तिमी मुस्कुराउ
मलाई नसोध, कहाँ दुख्छ घाउ
कतै बिरानिमा हराएँ भने म
कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ती त्यहीँ यति ठाने पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
अँध्यारोमै छोड दियो नजलाऊ
मलाई नसोध, कहाँ दुख्छ घाउ
शब्दः हरिभक्त कटुवाल
संगीत/स्वरः नारायण गोपाल