मलाई छोडी मेरो छायाँ कतै झरेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ
तिमीसम्म आई पुग्दा
तिमीसम्म आई पुग्दा साँझै परेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ
त्यसै कति बिते मेरा चिसा चिसा रातीहरू
त्यसै कति बिते मेरा चिसा चिसा रातीहरू
तातो माया संगालेर
तातो माया संगालेर खोजिरहेँ साथीहरू
खोजिरहेँ साथीहरू
वैश छदाँ नपुगेको रातै ढलेछ
तिमीसम्म आई पुग्दा साँझै परेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ
नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो
नदेखेको माया मेरो आँखाभरि पाए जस्तो
आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै ज्योति झरेछ
तिमीसम्म आई पुग्दा साँझै परेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ
शब्दः क्षेत्रप्रताप अधिकारी
संगीत/स्वरः नारायण गोपाल