मन्दिरमा छ कि मूर्तिमा माया
मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धुलोमा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ कहाँ छ माया
खै कहाँ छ कहाँ कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया
एक अँजुली मायाको लागि पलपल हृदय चर्कन्छ
एक अँजुली मायाको लागि पलपल हृदय चर्कन्छ
साउन र भदौ बनेर आँखा
साउन र भदौ बनेर आँखा वर्षौ वर्ष बर्षन्छ
बर्षौ बर्ष बर्षन्छ
हाँसोमा छ कि आँशुमा माया
फूलमा छ कि काँडामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ कहाँ छ माया
खै कहाँ छ कहाँ कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया
एउटी आमा जिउँदै जल्छे छोराको माया ममतामा
एउटी आमा जिउँदै जल्छे छोराको माया ममतामा
एउटा छोरो मरेर बाँच्छ
एउटा छोरो मरेर बाँच्छ आमाको सपना विपनामा
आमाको सपना विपनामा
रगतमा छ कि नातामा माया
विश्वासमा छ कि बाचामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ कहाँ छ माया
खै कहाँ छ कहाँ कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया
शब्दः किरण खरेल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः नारायण गोपाल