मनको निश्चलतामा अडेर
आँखा यी चिम्लिएर म खोज्दछु
भावको निष्पट्टतामा डुबेर
त्यहाँ कहीँ तिमीलाई म भेट्दछु
मनको निश्चलतामा अडेर
आँखा यी चिम्लिएर म खोज्दछु
भावको निष्पट्टतामा डुबेर
त्यहाँ कहीँ तिमीलाई म भेट्दछु
मनको निश्चलतामा अडेर
मायाको स्वतन्त्रतामा बसेको
हाम्रो यो सानो घरको आकार
मायाको स्वतन्त्रतामा बसेको
हाम्रो यो सानो घरको आकार
तिम्रो त्यो अभिलाषामा जन्मेको
मेरो यो माया प्रीतिको संसार
मनको निश्चलतामा अडेर
मुटुको ढुकढुकीमा साँचिन्छ
मनको सुख, शान्ति र सन्तोष
मुटुको ढुकढुकीमा साँचिन्छ
मनको सुख, शान्ति र सन्तोष
मायाको निस्वार्थतामा भेटिन्छ
जीवमा भगवानको आलोक
मनको निश्चलतामा अडेर
आँखा यी चिम्लिएर म खोज्दछु
भावको निष्पट्टतामा डुबेर
त्यहाँ कहीँ तिमीलाई म भेट्दछु
मनको निश्चलतामा अडेर
शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी