भुल्नै सकिनँ त्यो झण मिलनको
मभित्र तिमी नै छाएर
भाग्नै सकिनँ तिमीबाट टाढा
यादमा तिम्रै अल्झिएर
भुल्नै सकिनँ त्यो झण मिलनको
मिलनको रमाइलो त्यो दिन थियो
जीवनको पहिलो उमंग थियो
मिलनको रमाइलो त्यो दिन थियो
जीवनको पहिलो उमंग थियो
मिलन र उमंगको त्यो मीठो सपना
यो छातीभरि रहिरह्यो
यो छातीभरि रहिरह्यो
भुल्नै सकिनँ त्यो झण मिलनको
मभित्र तिमी नै छाएर
भाग्नै सकिनँ तिमीबाट टाढा
यादमा तिम्रै अल्झिएर
भुल्नै सकिनँ त्यो झण मिलनको
मुटुभित्र कति माया थियो
त्यो माया व्यथा बनिदियो
मुटुभित्र कति माया थियो
त्यो माया व्यथा बनिदियो
माया र व्यथाको संगम आज
पिरतीको कथा बनिदियो
पिरतीको कथा बनिदियो
भुल्नै सकिनँ त्यो झण मिलनको
मभित्र तिमी नै छाएर
भाग्नै सकिनँ तिमीबाट टाढा
यादमा तिम्रै अल्झिएर
भुल्नै सकिनँ त्यो झण मिलनको
शब्द/संगीत/स्वरः भक्तराज आचार्य