भिखारी हुँ म हिँड्नु छ आखिर जंगल चहारी
परन्तु अस्थाई छ बास मेरो मन्दिर छहारी
मन्दिर छहारी, मन्दिर छहारी, मन्दिर छहारी
आँखाको आँशु सिवाय अरू केही छैन सहारा
के रैछ कुन्नी नबुझी सक्नु भाग्यको ईशारा
आँखाको आँशु सिवाय अरू केही छैन सहारा
के रैछ कुन्नी नबुझी सक्नु भाग्यको ईशारा
शून्यको सारमा रहनु पर्ने
शून्यको सारमा रहनु पर्ने
के रैछ जिन्दगी हो…
के रैछ जिन्दगी
भिखारि हुँ म हिँड्नु छ आखिर जंगल चहारी
परन्तु अस्थाई छ बास मेरो मन्दिर छहारी
मन्दिर छहारी, मन्दिर छहारी, मन्दिर छहारी
मधुमास ल्याई उजाड दिलमा वसन्त छाउँदैन
पोखुँ त आफ्नो विरही व्यथा पोख्नलाई ठाउँ छैन
मधुमास ल्याई उजाड दिलमा वसन्त छाउँदैन
पोखुँ त आफ्नो विरही व्यथा पोख्नलाई ठाउँ छैन
विवशमा पनि जिउनु नै पर्ने
विवशमा पनि जिउनु नै पर्ने
के रैछ जिन्दगी हो… के रैछ जिन्दगी
भिखारी हुँ म हिँड्नु छ आखिर जंगल चहारी
परन्तु अस्थाई छ बास मेरो मन्दिर छहारी
मन्दिर छहारी, मन्दिर छहारी, मन्दिर छहारी
हम्म्म्म् हो..ओ, हम्म्म्म् हो..ओ
शब्द: भैरवनाथ रिमाल ‘कदम’
संगीत: चन्दन लोम्जेल
स्वरः डेजी बराइली