भाग्यले खुशी खोसेर लग्यो बदला लिएर
बाँच्दैछु सधै सम्झेर तिमी मुटु यो बालेर
भाग्यले खुशी खोसेर लग्यो बदला लिएर
बाँच्दैछु सधै सम्झेर तिमी मुटु यो बालेर
भाग्यले खुशी
सपना त सधै पर भो मेरो विपनैले पोल्दछ
सपना त सधै पर भो मेरो बिपनैले पोल्दछ
प्रीतका गीत आफ्ना होइनन् मन नै मर्दछ
चाहना राख्दा फूलका मैले काँडा पो बिझ्दछ
बाँच्दैछु सधै सम्झेर तिमी मुटु यो बालेर
भाग्यले खुशी
साँचेका प्रीत जीवनभरि धूलो झै उड्दछ
साँचेका प्रीत जीवनभरि धूलो झै उड्दछ
खोजेको थिएँ एकै क्षण हाँस्न चाहनैले पिर्दछ
बिर्सेका मेरा अतित सारा घाउ भै पोल्दछ
बाँच्दैछु सधै सम्झेर तिमी मुटु यो बालेर
भाग्यले खुशी खोसेर लग्यो बदला लिएर
बाँच्दैछु सधै सम्झेर तिमी मुटु यो बालेर
भाग्यले खुशी
शब्दः विश्व वल्लभ
संगीतः नातिकाजी
स्वरः अरुणा लामा