बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो
आँखाको भाका मेरो
बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो
आँखाको भाखा मेरो
हजार अर्थ अरूले लाएर के गरूँ
बुझ्नै सकिनौ तिमीले
मुटु मुटुमा प्रित बनी भरिन सक्छु म
अधर अधरमा गीत बनी छरिन सक्छु म
दोहोर्याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरूँ
गाएर के गरूँ
बुझ्नै सकिनौ तिमीले आँखाको भाषा मेरो
आँखाको भाषा मेरो
बुझ्नै सकिनौ तिमीले
सेतो बादल जस्तो निरस यो जिन्दगीलाई
लाचार कामनाले विवश यो जिन्दगीलाई
मुस्कानको ईशारा तिमीले दिन सकिनौ भने
संसारको सहारा पाएर के गरूँ
पाएर के गरूँ
बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
आँखाको भाका मेरो
बुझ्नै सकिनौ तिमीले
शब्दः चेतन कार्की
संगीतः भि. बल्सारा
स्वरः नारायण गोपाल