बिहानीको शीतको थोपा, कर्कलाको पानी
हेर यहाँ यस्तै नै छ यो जिन्दगानी, यो जिन्दगानी
बिहानीको शीतको थोपा, कर्कलाको पानी
हेर यहाँ यस्तै नै छ यो जिन्दगानी, यो जिन्दगानी
बिहानीको शीतको थोपा, कर्कलाको पानी
ओइलिएको फूलमाथि चिसो चिसो शीत
ओइलिएको फूलमाथि चिसो चिसो शीत
त्यो शीतको थोपा जस्तै मेरो अस्तित्व
यस्तै छोटो जीवन मेरो छोटो छ कहानी
हेर यहाँ यस्तै नै छ यो जिन्दगानी, यो जिन्दगानी
बिहानीको शीतको थोपा, कर्कलाको पानी
कसलाई सुनाऊँ म यहाँ जिन्दगीको गीत
कसलाई सुनाऊँ म यहाँ जिन्दगीको गीत
शीतको जस्तो मेरो जीवन शीतको जस्तो प्रीत
केही क्षण रमाई दिन्छु झर्ने भए पनि
हेर यहाँ यस्तै नै छ यो जिन्दगानी, यो जिन्दगानी
बिहानीको शीतको थोपा, कर्कलाको पानी
हेर यहाँ यस्तै नै छ यो जिन्दगानी, यो जिन्दगानी
बिहानीको शीतको थोपा
शब्दः रूद्रराज आचार्य
संगीत/स्वरः भक्तराज आचार्य