बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो
बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो
वसन्ती जीवन किन बिधुवाको सिउँदो जस्तो?
यौवन पनि आज पतझरको मौसम जस्तो
किन मेरो आँखाहरू सागरको पानी जस्तो?
बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो
यति सुखी विपना मेरो कति मीठो सपना भयो
ओइलिएको फूल पनि पोखिएको पानी भयो
कति सस्तो रहेछ व्यथा, धुलोमा मिली गयो
बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो
शब्दः
संगीतः
स्वरः ओम बिक्रम बिष्ट