बास खोज्दै थाकिसकेँ……

बास खोज्दै थाकिसकेँ कोही एउटा त बोल
बस्न भैगो नदेऊ रे ढोकासम्म खोल
बास खोज्दै थाकिसकेँ कोही एउटा त बोल

देखाउँछु मैले कति भारी बोकेको छु
देखाउँछु मैले कति भारी बोकेको छु
देखाउन्न मैले कति आँशु रोकेको छु हो
जे भए पनि मान्छेलाई बाँच्न मन लाग्छ
टुक्रिएका सपना झन साँच्न मन लाग्छ
साँच्न मन लाग्छ
बास खोज्दै थाकिसकेँ कोही एउटा त बोल

पाएदेखि एकै घुट्को मोई मात्र पिउन
पाएदेखि एकै घुट्को मोई मात्र पिउन
दिए पनि धेरै हुन्थ्यो एक रात जिउन हो
खुट्टा त्यसै गलि सक्यो आँखा लोलाउँछ
झ्यालबाट हेर एउटा यात्री बोलाउँछ
यात्री बोलाउँछ
बास खोज्दै थाकिसकेँ कोही एउटा त बोल
बस्न भैगो नदेऊ रे ढोकासम्म खोल
बास खोज्दै थाकिसकेँ कोही एउटा त बोल

शब्दः शंकर थपलिया
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!