बालापनको आँगन त्यागेर खोला नाला काटेर
आउनु पर्यो नौलो घरको सँघार
झलझली देख्छु अझै म बाबु माइती रोएर
हाँसी हाँसी बिदाबारी गरेको
बालापनको आँगन त्यागेर
साथी संगी पँधेरोमा अझै पनि आउँदा हुन्
साथी संगी पँधेरोमा अझै पनि आउँदा हुन्
मेरो गाग्रो भर्ने पानी त्यसै खेरो जाँदा हुन्
मेरो गाग्रो भर्ने पानी त्यसै खेरो जाँदा हुन्
भुल्नै पर्ने आफ्नै बालापन
कस्तो जन्म दियौ भगवान
बालापनको आँगन त्यागेर खोला नाला काटेर
आउनु पर्यो नौलो घरको सँघार
बालापनको आँगन त्यागेर
जुन आँगनमा नाचेँ, खेलेँ त्यसलाई बिर्सुँ कसरी
जुन आँगनमा नाचेँ, खेलेँ त्यसलाई बिर्सुँ कसरी
कुन डाँडाले छेल्यो होला मेरो माइती घरबारी
कुन डाँडाले छेल्यो होला मेरो माइती घरबारी
कुन देवताको पूजा गरूँ म
घर गरी खानलाई म
बालापनको आँगन त्यागेर खोला नाला काटेर
आउनु पर्यो नौलो घरको सँघार
बालापनको आँगन त्यागेर
शब्दः सानु लामा
संगीतः शरण प्रधान
स्वरः अरूणा लामा