बादलको भाग्य यही कि गर्जेर आँशु बगाउनु
मेरो त भाग्य यही कि
मेरो त भाग्य यही कि चुपचाप आँशु बगाउनु
बादलको भाग्य यही कि…..
पहाड होस् या मधेस होस् कतै पनि बादल अड्न सक्छ
पहाड होस् या मधेस होस् कतै पनि बादल अड्न सक्छ
सागरको चिठ्ठी पढेर सिमसिेमे पीर बर्साउन सक्छ
मेरो त भाग्य यही कि
मेरो त भाग्य यही कि लुकेर आँशु बगाउनु
बादलको भाग्य यही कि
लहर पनि खस्नु अघि माथि माथि उठ्छ
लहर पनि खस्नु अघि माथि माथि उठ्छ
आकाश चिरेपछि मात्र बिजुली टुटेर खस्छ
मेरो त भाग्य यही कि
मेरो त भाग्य यही कि झुकेर आँशु बगाउनु
बादलको भाग्य यही कि गर्जेर आँशु बगाउनु
मेरो त भाग्य यही कि
मेरो त भाग्य यही कि चुपचाप आँशु बगाउनु
बादलको भाग्य यही कि…..
शब्दः राजेन्द्र थापा
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा