फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु
फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु
विपना त भयो भयो सपना समेत नदेख्नु
फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु
यो जे भइरहेछ ममा आवेग हो या मोह
यो जे भइरहेछ ममा आवेग हो या मोह
मलाई नै थाहा छैन यो माया हो या द्रोह
घरिघरि तिमीले मलाई चिठी पनि नलेख्नु
घरिघरि तिमीले मलाई चिठी पनि नलेख्नु
सामुन्ने त भयो भयो तस्वीर पनि नहेर्नु
फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु
यो जे जे हुँदैछ ममा आघात हो या आशा
यो जे जे हुँदैछ ममा आघात हो या आशा
सायद मैले जानिनँ खेल्नै त्यो प्रणैपाशा
सम्झी सम्झी तिमीले मलाई आँशु पनि नझार्नु
सम्झी सम्झी तिमीले मलाई आँशु पनि नझार्नु
झझल्को त भयो भयो मनमा समेत नराख्नु
फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु
फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु
विपना त भयो भयो सपना समेत नदेख्नु
फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु
शब्दः जश योञ्जन प्यासी
संगीतः राजु सुन्दास
स्वरः कर्म मोक्तान