फेरि कलि फुलेर अतीत संगाली ल्यायो
फेरि कलि फुलेर अतीत संगाली ल्यायो
शून्य शून्य थे ती रात बिर्सी सकेथेँ सब बात
शून्य शून्य थे ती रात बिर्सी सकेथेँ सब बात
फूल सबै झरेथ्यो पत्झडले भरेथ्यो बात
फेरि कलि हाँसेर सावन सजाई ल्यायो
फेरि कलि फुलेर अतीत संगाली ल्यायो
अन्जानझैँ आज फेरि हिर्दय झस्की रहेछ
अन्जानझैँ आज फेरि हिर्दय झस्की रहेछ
बिर्सेको पथमा आज पग यो कड्की रहेछ
फेरि तारा टुटेर त्यो प्रण सम्झाई ल्यायो
फेरि कलि फुलेर अतीत संगाली ल्यायो
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा