फूलैफूल फुलन धर्ती आकाश ओर्लि आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला
फूलैफूल फुलन धर्ती आकाश ओर्लि आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला
सपनीमा लाएको प्रीत विपनामा आउला
सपनीमा लाएको प्रीत विपनामा आउला
छरिएको बादलले पानी बोकी ल्याउला
जाई, जुही, गुराँसले नयाँ गीत गाउला
जाई, जुही, गुराँसले नयाँ गीत गाउला
पिरतीले रोजेको त्यो माया नयाँ पाउला
फूलैफूल फुलन धर्ती आकाश ओर्लि आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला
तोरी फुल्ने पखेरू यो कुहिरोको देश
तोरी फुल्ने पखेरू यो कुहिरोको देश
सधैँ हरियो धुपीहरुले सिँगारेको देश
घाँसी गीत बादलमा दु;ख लुकाई हाँस्ला
घाँसी गीत बादलमा दु;ख लुकाई हाँस्ला
हाँसिरहने मोहोडाले रातो रङ्ग पाउला
फूलैफूल फुलन धर्ती आकाश ओर्लि आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला
शब्दः ईश्वर वल्लभ
संगीतः नातिकाजी
स्वरः तारा देवी