प्रियसीका यादहरू कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पिरतीका घातहरू भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरू
जीवन यहाँ जताततै अंगालेको कथाजस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथाजस्तै
जीवन यहाँ जताततै अंगालेको कथाजस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथाजस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथाजस्तै
प्रियसीका यादहरू
सम्झनाका छायाँहरू छातीभरि धुवाँजस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवाजस्तै
सम्झनाका छायाँहरू छातीभरि धुवाँजस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवाजस्तै
बास खोज्दै उडी हिँड्ने सिमलको भुवाजस्तै
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ
प्रियसीका यादहरू
शब्द/संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल